असोजको झरीमा क्रान्तिकारीको र्याली

असोजको झरीमा क्रान्तिकारीको र्याली

अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पसले जुलुस निकालेको छ । इकाइ कमिटीले काठमाडौंमा भइरहेको २४ औं क्याम्पस जिल्ला सम्मेलनमा सहभागी हुन र्‍याली निकोलेको बताइएको छ ।

अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस इकाइ कमिटी अध्यक्ष विनोद शाहीको नेतृत्वमा मध्यान्ह १२ बजे धोबिचौरबाट निकालिएको र्याली शहरका विभिन्न भागको परिक्रमा गरेर बानेश्वर बहुमुखी क्याम्पस, तीनकुनेतर्फ लागेको हो ।

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा हुन लागेको जिल्ला सम्मेलनमा निस्केको पब्लिक युथ क्याम्पसको जुलुस क्षेत्रपाटी, जुद्धोदय स्कुलु, नर्सिङ चोक, सञ्चय कोष, केशरमहल, दरबारमार्ग, घण्टाघर, पूरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर हुँदै जाने बताइएको छ ।

टिप्पणीहरू