तिब्बती क्याम्पभित्र जुवाघर,झण्डै ५ लाखसहित २० जना पक्राउ
![तिब्बती क्याम्पभित्र जुवाघर,झण्डै ५ लाखसहित २० जना पक्राउ](https://janaaastha.prixacdn.net/media/albums/242032852_611758486483433_2566406840758566977_n_7aep1yXAkr.png)
काठमाडौंको एउटा तिब्बती क्याम्पभित्र जुवा खेलिरहेका २० जनालाई प्रहरीले पक्रेको छ । उनीहरुको साथबाट ४ लाख ७५ हजार नगदसमेत बरामद भएको छ ।
उनीहरुलाई गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डागेट सँगैको तिब्बती क्याम्पभित्र जुवा खेलिरहेको अवस्थामा समातिएको हो । तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवा खेलिरहेका २० जना जुवाडेलाई रंगेहात पक्रँदा ठूलो रकम समेत समातिएको प्रहरीको दावी छ ।
उनीहरुको साथबाट २० बुक तास, ४ सय ६४ थान क्यासिनोमा प्रयोग हुने क्वाइन,२८ थान विभिन्न व्यक्तिको नाममा लेखिएका विभिन्न बैंकका रकम उल्लेखित चेक र १ सय थान कौडा बरामद गरेको बौध्द प्रहरीले जनाएको छ ।तिब्बती समुदायको घर र क्याम्प तुलनात्मक रुपमा सुरक्षित हुने भएकाले पछिल्ला दिनमा ती स्थानमा जुवा मौलाउँदै गएको सुरक्षा निकायको विश्लेषण छ ।
टिप्पणीहरू