चितवनमा रड हानाहान, एक जना ठहरै
![चितवनमा रड हानाहान, एक जना ठहरै](https://janaaastha.prixacdn.net/media/albums/5f1e5ee1e5aaf_death_XfhN4an3nO.jpg)
चितवनको राप्ती नगरपालिका ९, सितलटोलमा भएको झगडामा रड हानाहान हुँदा स्थानीय ५९ वर्षीय कान्छा लामाको मृत्यु भएको छ । दशरथ मल्ल र लामाबीच भएको सामान्य झगडा पछि रड हानाहानमा परिणत भएको थियो ।
मल्लले लामाको टाउकोमा हानेको रडले लामा ढलेका थिए । लामा ठाउँको ठाउँ ढलेपछि प्रहरीको अमृतपानी बिट र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मल्ललाई पक्राउ गरेको बताइन्छ ।
टिप्पणीहरू