बुध्दनगरमा ट्याक्सी व्यवसायीको जमघट

बुध्दनगरमा ट्याक्सी व्यवसायीको जमघट

भाडा समायोजनबारे छलफल गर्न नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले व्यवसायीहरुको भेला बोलाएको छ । बुध्दनगरस्थित एक पार्टी प्यालेसमा भेला बोलाइएको हो ।

एक साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा प्रदेश कार्यालयमा सम्पन्न बैठकले भाडा समायोजन लगायतका आन्तरिक विषयमा गरेको निर्णयबारे छलफल गर्न भेला गरिएको बताइएको छ ।

अन्तराष्ट्रिय मापदण्डअनुसार ट्याक्सीको वैज्ञानिक भाडादर समायोजन गर्न सरकारसंग गरेको सहमतिको पटक-पटकको सुनुवाइ नभएकाले व्यवसायीहरु छलफलमा जुटेको नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिपक नेपालले जानकारी दिएका छन् ।

छलफलमा नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पूर्णलाल मोक्तान तामाङ, महासचिव टोपबहादुर खत्रीलगायत २ दर्जन व्यवसायी उपस्थित छन् ।

टिप्पणीहरू