पत्रकारद्वारा पदक नलिने घोषणा

पत्रकारद्वारा पदक नलिने घोषणा

सरकारले दिने पदक र विभुषणमा कुनै सर्वस्वीकृत मापदण्ड नरहेको भन्दै केहि पत्रकारले पदक बहिस्कार गरेका छन् । नेपाली पत्रकारितामा लामो अनुभव सँगालेका इ कागजका सम्पादक हरिबहादुर थापा सहितका पत्रकारले सरकारले दिएको पदक बहिस्कार गरेको बताएका छन् ।
जनआस्थासँग छोटो कुराकानी गर्दै थापाले लामो समयदेखि पदक वितरणको पारदर्शिताका वारेमा प्रश्न उठाइरहेको मैले उहि पुरातन शैलीबाट बाँडिएको पदक स्वीकार गर्न नसक्ने बताएका छन् ।
पत्रकार तथा पुराना कार्टुनिष्ट रविन सायमीले पनि सामन्ती हुकुमी शैलीको पदक स्वीकार गर्न नसकिने बताए । सायमीले केहि राम्रा मान्छे घुसाएर आफ्ना मान्छेलाई पदक दिने सामन्ती प्रवृतिविरुद्ध लड्ने शक्ति प्राप्तीका लागि आफूले फदक नलिने घोषणा गरेको बताए ।
यसैगरी पत्रकारहरु नारायण अमृत र कृष्णज्वाला देवकोटाले पनि सरकारले बाँडेको पदक नलिने बताएका छन् ।

टिप्पणीहरू