गलत नेतृत्वका कारण नेकपा असफल भएको माओवादीहरुको ठहर

गलत नेतृत्वका कारण नेकपा असफल भएको माओवादीहरुको ठहर

माओवादी केन्द्रको मुख्यालयमा भएको एउटा कार्यक्रमका वक्ताहरुले यसअघि एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा तत्कालीन गलत नेतृत्वको कारण असफल भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले चौरीदेउराली गाउँपालिका–काठमाडौं उपत्यका सम्पर्क मञ्चको वडा नम्बर १, २, ३, ४ र ७ को वडा भेला तथा सम्मेलनलाई सम्बोधन गर्दै नेता सूर्यमान दोङले तीन वर्ष माओवादी पार्टी नेकपाको नामले समृद्धिको खोजीमा लागे पनि गलत मान्छेको संगतले सफलतामा पुग्न नसकेको बताउनुभएको छ ।काभ्रेका पार्टी इञ्चार्ज दोङले लक्ष्य प्राप्तिको लागि अब क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । भेलामा संविधानसभा सदस्य रेणुका चौंलागाईले केपी ओलीको जालझेल र षड्यन्त्रमा अध्यक्ष प्रचण्डले विश्वास गर्नु कमजोरी भएको बताउँदै उक्त षड्यन्त्रको कारण पार्टी र संगठन पछि पर्दा जनताले दुःख पाएकोमा क्षमा याचना गर्नु भएको थियो ।भेलाले वडा नम्बर १ मा ठूला लामाको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै वडा नम्बर २ मा नोर्बु लामाको अध्यक्षतामा २८ सदस्यीय, वडा नम्बर ३ मा कमल काफ्लेको अध्यक्षतामा २७ सदस्यीय, वडा नम्बर ४ मा भरत खड्काको अध्यक्षतामा २९ सदस्यीय र वडा नम्बर ७ मा रामसिंह लामाको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ।

टिप्पणीहरू