माधवको उपस्थितिमा एकीकृत समाजवादीको पेशागत बैठक

माधवको उपस्थितिमा एकीकृत समाजवादीको पेशागत बैठक

नेकपा एकीकृत समाजवादी पार्टी निकट जनवर्गीय संगठनहरुको बैठक राजधानीमा शुरु भएको छ । उक्त पार्टी निकट पेशागत महासंघ नेपालको आयोजनामा भएको राष्ट्रिय समितिको विस्तारित बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटको सभाहलमा भएको हो ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्य र महासंघ अध्यक्ष विष्णुलाल पाठकको अध्यक्षतामा बैठक बसिरहेको छ ।

एकीकृत समाजवादीका स्थायी समिति सदस्य प्रमेश हमाल विशिष्ट अतिथि रहनुभएको उक्त बैठकमा एकीकृत समाजवादीका नेताहरु श्रीनाथ बराल,डा. विजय पौडेल, चूडामणि शर्मा हुनुहुन्छ ।

त्यसैगरी महासंघका संस्थापक अध्यक्ष सीताराम नेपाललगायत पदाधिकारी तथा पेशाकर्मीहरु गरी झण्डै १ सय जनाको सहभागिता रहेको छ ।

टिप्पणीहरू