सत्ता गठबन्धनका दुई वाम घटकको बैठकै बैठक

सत्ता गठबन्धनका दुई वाम घटकको बैठकै बैठक

सत्ता गठबन्धनका दुई कम्युनिष्ट पार्टी राजनीतिक निर्णय गर्न व्यस्त भएका छन् । नेकपा एकीकृत समाजवादीको हिजोदेखि शुरु केन्द्रीय समितिको पहिलो बैठक आज पनि भइरहेको छ । हिजो बुध्दनगरको क्वालिटी ब्यान्क्वेटमा शुरु भएको बैठक आज भने थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा सरेको हो ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा भएको बैठकमा स्थायी समिति सदस्यसहित एक सय जनाभन्दा बढीको उपस्थिति रहेको बताइन्छ । हिजोको बैठकमा प्रस्तुत एजेण्डामाथिको छलफल नसकिएकाले आज पनि बैठक जारी रहेको एक जना केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

आजै नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक डाकेको छ । दलको मुख्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसिरहेको छ । बैठकमा सबै स्थायी समिति सदस्यको उपस्थिति छ ।

टिप्पणीहरू