सामसुङ टिभीको ट्रान्सफर्मर चोर्दाचोर्दै..

सामसुङ टिभीको ट्रान्सफर्मर चोर्दाचोर्दै..

काठमाडौंको चन्द्रागिरी ११,स्थित सामसुङ टीभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

धादिङको गल्छी गाउँपालिका ८, घर भएका ४३ वर्षीय नारायण थापालाई पक्रिएको प्रहरीले बताएको छ । प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले स्थानीयको सहयोगमा थापालाई ट्रान्सफरमरसहित पक्राउ गरेको हो ।

थापाको साथबाट १ थान फलाम काट्ने कटर,१ थान पेन्चिस, १ थान फलामको डण्डी, १ थान स्क्रु ड्राईभर, बिभिन्न साइजको ११ थान रेन्ची, १ थान ट्रान्सफर्मर, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, ट्रान्सफर्मर तान्न प्रयोग हुने रबरको कालो रंगको फित्ता, डोरीहरु बरामद भएको बताइएको छ ।

थापासँगै चोरीमा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू