काभ्रे माओवादीको फेरी काठमाडौंमा भेला

काभ्रे माओवादीको फेरी काठमाडौंमा भेला

नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्लाअन्तर्गत चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चले आगामी शनिबार भेला आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र) को आगामी पुसमा हुन लागेको राष्ट्रिय भेलालाई मध्यनजर गर्दै सम्पर्क मञ्चले तयारी भेला आयोजना गर्न लागेको बताइएको छ ।

चौरीदेउरालीबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय गरेर बसेका माओवादी नेता, कार्यकर्ताहरुलाई जागरुक बनाउने उद्देश्यसहित भेला आयोजना गर्न लागेको सम्पर्क मञ्चका अध्यक्ष भोजबहादुर गौतम ठाकुरले जानकारी दिएका छन् ।

भेला पुरानो बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा दिउँसो १२ बजेदेखि शुरु हुने बताइएको छ ।

टिप्पणीहरू