कार्यालय फिर्ता पाउन कर्मचारीले गुहारे प्रधानमन्त्री
नेपाल निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत सबैजसो जिल्लाबाट ज्ञापनपत्र बुझाइएको बताइएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, काठमाडौंको एउटा टोलीले किर्ते र जालसाजी गर्नेलाई कारबाही गर्न एवम् संगठनको कार्यालयमा प्रहरी प्रशासनले लगाएको ताला खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
कार्यसमितिका अध्यक्ष अशोक पोखरेलको नेतृत्वमा गएको टोलीले बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
टिप्पणीहरू