एमाले महाधिवेशन फेरि बुटवलमा
नेकपा एमालेको दशौँ महाधिवेशन बुटवलमा हुने भएको छ । आज सम्पन्न प्रथम बिधान महाधिवेशनले दशौँ महाधिबेशन बुटवलमा हुने निर्णय गरेको हो ।
बुटवल पश्चिम नेपालको सबैभन्दा ठूलो शाहर हो । बुटवल एमालेको महाधिवेशन दोहोर्याएर गर्ने भाग्यमानी शाहरसमेत भएको छ । आठौँ महधिबेशन यहीँ सम्पन्न भएको थियो ।
जसले झलनाथ खनाललाई अध्यक्ष निर्वाचित गर्दा केपी ओली उपविजेतामा सिमित भएका थिए ।
बुटवल उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको गृहनगर हो ।
सचिव प्रदिप ज्ञवाली पनि कुनै समय बुटवलका बासिन्दा थिए ।
टिप्पणीहरू