श्रीमानहरुसङ्ग अझै वकिल सशँकित

श्रीमानहरुसङ्ग अझै वकिल सशँकित

न्यायालयले कार्यपालिकामा हिस्सेदारी खोजेको चर्चाले राजनीति र न्यायक्षेत्र तरंगित भएको छ । क्याबिनेट विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सञ्चार माध्यमबाट बाहिरिएपछि यस्तो तरंग उत्पन्न भएको हो ।

नेपाल बार,सर्वोच्च अदालतकै न्यायाधीश,कानुन व्यवसायीलगायतले चासो राखेपछि सर्वोच्चले समाचारको खण्डन गरिसकेको छ । तर, उनीहरु अझै विश्वस्त हुन सकेका छैनन् । कानुन व्यवसायीहरुले न्यायपालिकाले क्याबिनेटमा भाग खोज्ने कुराले कानुनी व्यवस्थाकै जरोकिलो हल्लिएको टिप्पणी गरेका छन् ।

एमाले नेतासमेत रहेका पूर्वकानुन मन्त्री अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले क्याबिनेटमा आफ्नो भाग खोज्नु गलत भएको बताएका छन् । न्यायपालिका प्रमुखले कार्यपालिकामा भाग खोज्नु न्यायका सबै सिद्धान्त विपरित हुने उनको दावी छ ।

“अधिवक्ता हरिप्रसाद मैनालीले मुखलाई पुच्छर र पुच्छरलाई मुख बनाउने शैलीको फैसलाका कारण अदालतको गरिमा गिरेका बेला यस्ता समाचार बाहिर आउनु विडम्वनापूर्ण रहेको बताएका छन् ।”

दोस्रो पटक केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्तासमेत रहेका खरेलले समाचार सत्य भए स्वतन्त्र न्यायालयको आत्महत्या हुने बताएका छन् । जनआस्थालाई सँक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्ता चर्चाले समेत न्याय मर्दै गएको अनुभूति भएको बताए । ‘समाचारको स्वतन्त्र पुष्टि भएको छैन । त्यसैले अहिले नै यसै भन्न सकिंदैन तर कतै न कतै हावा लागेकै कारण पात हल्लिएको हुनुपर्छ’,उनले भने।

न्यायालयलाई सबै किसिमका हस्तक्षेपबाट जोगाउन नागरिक पनि सचेत हुनुपर्ने पोखरेलको भनाइ छ । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव माधव बाँस्कोटाले समाचार सुनेर आफू दु:खित भएको प्रतिक्रिया दिएका छन् । उनले आफू आश्चर्यमा परेको भन्दै न्यायालयको गरिमा बचाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी,संवैधानिक कानुनका जानकार अधिवक्ता हरिप्रसाद मैनालीले मुखलाई पुच्छर र पुच्छरलाई मुख बनाउने शैलीको फैसलाका कारण अदालतको गरिमा गिरेका बेला यस्ता समाचार बाहिर आउनु विडम्वनापूर्ण रहेको बताएका छन् । अदालतका पछिल्ला फैसलाले शंका गर्ने प्रशस्त ठाउँ छोडेको मैनालीको दावी छ ।

त्यसो त,यसअघि केपी ओली नेतृत्वको सरकारमा पनि प्रधानन्यायाधीश राणाले क्याबिनेटमा भाग खोजेको चर्चा थियो । तर,त्यसको एमाले नेताहरुले हालसम्म पुष्टि गरेका छैनन् ।

टिप्पणीहरू