‘राती शौचालय जाँदा होश पुर्याऔं, ज्यान जाला’
रातको समय अन्य कामको लागि वा शौचालयको निम्ति उठ्दा ध्यान पुर्याउन डाक्टरहरुले सुझाएका छन् । उनीहरुले जुरुक्क उठ्दा ज्यान जान सक्नेसम्मको जोखिम औंल्याएका छन् ।
चिकित्सकहरुले राति मस्त निदाएको बेला एक्कासी ब्युँझिएर उठ्ने बित्तिक्कै हिँड्दा दिमागमा रगत पुग्न गाह्रो पर्ने भएकाले ज्यानै जान सक्ने चेतावनी हुन् । राति सुत्दा दिमागमा रगत कम प्रवाह हुने हुँदा उठ्ने बेलाको पहिलो तीन मीनेट अत्यन्त महत्वपूर्ण हुने चिकित्सकीय निश्कर्ष छ ।
यस खतराबाट बच्न ब्युँझिएको आधा मीनेट ओछ्यानमा पल्टिरहने, अर्को आधा मीनेट ओछ्यानबाट उठेर थ्याच्च बस्ने र त्यसपछिको आधा मीनेट खाटबाट तल गोडा झारेपछि मात्र शौचालय वा अन्य काममा जान नत्र बाथरुममै ज्यान जान सक्ने डाक्टरहरुले सुझाव दिएका छन् ।
टिप्पणीहरू