अन्तरिक्षमा पठाउन महिला ठीक कि पुरुष ?
अन्तरिक्ष यात्राको इतिहासमा पचासभन्दा बढी महिलाले नाम लेखाइसकेका छन् । तीमध्ये धेरै अमेरिकी हुन् । त्यसपछि तत्कालीन सोभियत संघका हुन् । दुई जना चिनियाँ महिला अन्तरिक्षमा पुगेका छन् । सोभियत संघकी भ्यालेन्टिना टेरेस्कोभा पहिलो महिला अन्तरिक्षयात्री हुन् ।
अन्तरिक्षमा जाने महिला अन्तरिक्षयात्रीको संख्या बढिरहँदा अन्तरिक्ष अन्वेषणमा महिलाको सहभागितालाई तुलनात्मक रुपमा निकै राम्रो मानिएको छ । महिलाको शरीरमा एस्ट्रोजनको स्तर उच्च हुने र म्याग्नेसियम जस्ता सुक्ष्म तत्वको मात्रा पुरुषमा भन्दा महिलामा राम्रो हुनुको कारण अन्तरिक्ष यात्रामा महिलाको सहभागितालाई बेग्लै ढंगले हेर्न थालिएको हो ।
त्यस्तै महिलाहरुमा आइरनको मात्रा कम हुने भएकाले उनीहरुमा अन्तरिक्षमा रहँदा पुरुषलाई धेरै हुनसक्ने मुटुरोग लगायतका अन्य रोगहरुबाट कम प्रभावित भएको आँकडा देखिएको छ । यसले महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा लामो समयसम्म बस्न पुरुषको तुलनामा उपयुक्त भएको समेत वैज्ञानिक निश्कर्ष निकालिएको छ ।
टिप्पणीहरू