युवा,विध्यार्थीको चुनावलाई एमाले अध्यक्षको भर्चुअल सम्बोधन

युवा,विध्यार्थीको चुनावलाई एमाले अध्यक्षको भर्चुअल सम्बोधन

एमालेको आज देशैभर वडा तथा शाखा अधिवेशन गरेकाे छ । काठमाडौंमा भने एमालेले भर्चुअल माध्यमबाट अधिवेशन गरेकाे हो ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंअन्तर्गत विभिन्न शाखा अधिवेशनको निम्ति समन्वयकर्ता समेत तोकिएको छ । भर्चुअल अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएकाे हाे ।

पार्टीले तोकेको समन्वयकर्तामा बागबजार प्रदर्शनीमार्ग इलाकाको लागि आरसी लामिछाने र रामजी सापकोटा छन् । उनीहरुले शंकरदेव क्याम्पस शाखा,आर. आर. क्याम्पस शाखा,बाल्मिकी क्याम्पस शाखा, नेपाल ल. क्याम्पस शाखा, पद्मकन्या क्याम्पस शाखा हेरेकाे बताइन्छ ।

त्यसैगरी सान,काठमाडौं विश्वविद्यालय इलाका समन्वयकर्तामा समिक बडाल र रमेश आचार्यलाई तोकिएको छ । उनीहरुको जिम्मेवारीमा काठमाडौं विश्वविद्यालय शाखा,पुल्चोक क्याम्पस शाखा, थापाथली क्याम्पस शाखा, काठमाडौं इञ्जिनियरिङ्ग कलेज शाखा, कान्तिपुर इञ्जिनियरिङ्ग कलेज शाखा, नेशनल कलेज अफ इञ्जिनियरिङ शाखा, एडभान्स कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट शाखा, क्याथफोर्ड इञ्जिनियरिङ्ग कलेज शाखा, हिमालय कलेज अफ इञ्जिीनियरिङ्ग शाखा, जनकपुर इञ्जिनियरिङ्ग कलेज शाखा, सगरमाथा इञ्जिीनियरिङ्ग कलेज शाखा, काठमाडौं फरेस्ट्री कलेज शाखा रहेको छ ।

त्रिचन्द्र कलेज, सीटीईभीटी इलाका समन्वयकर्तामा खिम पन्थी र विकास ज्ञवाली रहेका छन् । नारायण घर्ति समन्वयकर्ता रहेका शाखाहरुमा मदन–आश्रित कलेज शाखा, बालाजु कलेज शाखा, शंखरापुर कलेज शाखा हुन् ।

कीर्तिपुर इलाका समन्वयकर्ता वाईपी आचार्य मातहतका शाखाहरुमा केन्द्रीय क्याम्पस शाखा, आयुर्वेद क्याम्पस शाखा, जनप्रशासन शाखा छन् । लैनचौर इलाका समन्वयकर्ता रहेकी सुनिता बरालअन्तर्गत पब्लिक युथ शाखा र पूर्वाञ्चल विश्वविद्यालय शाखा रहेको छ ।

त्यसैगरी पोखरा विश्वविद्यालय, ललितपुर र भक्तपुर इलाका समन्वयकर्तामा झपिन्द्रकुमार खत्री, क्रान्ति बुर्लाकोटीलाई जिम्मेवारी तोकिएको छ । उनीहरुले पाटन क्याम्पस शाखा, भक्तपुर क्याम्पस शाखा, सानोठिमी क्याम्पस शाखा हेर्नेछन् ।

धर्म गिरीको जिम्मेवारीमा रहेको शाखा कमिटीहरुमा बानेश्वर बहुमुखी क्याम्पस शाखा, कोटेश्वर बहुमुखी क्याम्पस शाखा, नेपाल कमर्श क्याम्पस शाखा हुन् । सुदर्शन सिवाकोटीको जिम्मामा पशुपति बहुमुखी क्याम्पस शाखा र महेन्द्र रत्न बहुमुखी क्याम्पस शाखा तोकिएको एमालेले जनाएको छ ।

टिप्पणीहरू