कात्तिकदेखि नेपालीको हात हातमा उच्च प्रविधियुक्त इ–पासपोर्ट

कात्तिकदेखि नेपालीको हात हातमा उच्च प्रविधियुक्त इ–पासपोर्ट

केही समयदेखि छिटो राहदानी (पासपोर्ट) चाहिएकाको हकमा बेलैमा प्राप्त हुन नसकेको गुनासो छ । तर फास्ट ट्र्याकबाट पासपोर्ट पाउनै गाह्रो भएको हो ? भनेर जनआस्थाले सोधेको प्रश्नमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले होइन भनेका छन् ।

एमआरपीको सट्टा इ–पासपोर्ट तयारीको कारण केही ढिलाई भए पनि फास्ट ट्र्याकबाट पासपोर्ट रोकिएको अवस्था भने नभएको परराष्ट्रले स्पष्ट पारेको छ ।

“अहिले पनि मन्त्रालयमा त्यस्तो आवेदन सयौं रहेको र प्रक्रियामा जारी गर्ने कार्य भइरहेको बताइन्छ । एमआरपी पासपोर्टको सञ्चिति समेत मन्त्रालयमा पर्याप्त रहेको जानकारी दिइएको छ । “

उसले भनेको छ, ‘इ–पासपोर्टको निम्ति भइरहेको अफिस स्थानान्तरण, डाटा माइग्रेसन,कर्मचारीको तालिमका कारण अत्यावश्यक बाहेककालाई नियमित प्रक्रियामा आवेदन गर्नु मात्र भनिएको हो, रोकिएको होइन ।’

अहिले पनि मन्त्रालयमा त्यस्तो आवेदन सयौं रहेको र प्रक्रियामा जारी गर्ने कार्य भइरहेको बताइन्छ । एमआरपी पासपोर्टको सञ्चिति समेत मन्त्रालयमा पर्याप्त रहेको जानकारी दिइएको छ ।

बरु नयाँ इ–पासपोर्ट भने कात्तिक महिनाको अन्तिमदेखि जारी गर्ने तयारी छ । इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको इडेमिया आइडेण्टिटी एण्ड सेक्युरिटी कम्पनीले पाएको हो ।

त्यसैले अब नेपालले जारी गर्ने पासपोर्ट विश्वकै सबैभन्दा उच्चप्रविधियुक्त भएका अन्य देशका इ–पासपोर्ट सरह भएको समेत परराष्ट्रका अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू