सुर्खेतमा एमाले अधिवेशन धकेलियो

सुर्खेतमा एमाले अधिवेशन धकेलियो

देशैभर एकैसाथ वडा र पालिकास्तरीय अधिवेशन गर्ने केन्द्रको निर्णय विपरित एमाले सुर्खेतले भने छुट्टै मिति तय गरेको छ । प्राविधिक अप्ठेरो देखाउँदै जिल्ला कमिटी सुर्खेतले अधिवेशनको मिति पर सारेको हो ।

एमालेले हिजो देशभरका वडाहरूमा अधिवेशन सम्पन्न गरिसकेको छ । पालिकाको अधिवेशन भने पर्सि ९ गतेका लागि तोकिएको छ । तर, सुर्खेतमा भने वडाको पर्सि ९ गते र पालिकाको अधिवेशन आगामी कात्तिक १५ गते गर्ने तयारी भएको जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले बताउनुभएको छ ।

अधिवेशनको थप तयारीका लागि भन्दै आज जिल्ला कमिटी बैठक समेत बोलाइएको छ । बैठकले अधिवेशन सम्पन्न गर्न समन्वय र सहजीकरणका लागि प्रतिनिधिहरु तोकेको बताइएको छ ।

टिप्पणीहरू