एमाले हेडक्वार्टर फेरि सर्यो
विपक्षी दल नेकपा एमालेको मुख्यालय थापाथलीबाट सर्ने भएको छ । अब एमालेले आफ्नो केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने भएको हो ।
कार्यालय प्रतिष्ठानको भवनमा सार्न लागिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभएको छ । पार्टीका कामकारबाही प्रतिष्ठानबाट सञ्चालन गर्ने एमाले र प्रतिष्ठानबीच समझदारी भएको हो ।
बल्खुको मदननगरमा रहेको एमाले मुख्यालय २०७२ को भूकम्पपछि धुम्बाराहीमा सारिएको थियो । धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा रहेको कार्यालय गत वैशाखदेखि थापाथलीमा सारिएको हो । अब थापाथलीबाट पनि च्यासल सार्न लागिएको छ ।
टिप्पणीहरू