ग्वार्कोमा बस पल्ट्यो, डेढ दर्जन यात्रु घाइते
ललितपुरको ग्वार्कोमा बिहान सबेरै बस दुर्घटना भएको छ । चक्रपथमा भएको उक्त दुर्घटनामा यात्रारत यात्रुहरु घाइते भएका छन् ।
कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको यात्रुवाहक बस एक्कासी पल्टिँदा उनीहरु घाइते भएको बताइन्छ । घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा बसको सिसा फुटेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू