मंसिरदेखि २० युनिटसम्म बिजुली बाल्नेलाई निःशुल्क

मंसिरदेखि २० युनिटसम्म बिजुली बाल्नेलाई निःशुल्क

सरकारले आगामी मंसिरदेखि मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको महशुुल निःशुल्क गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री  पम्फा भुसालले उक्त कुराको जानकारी दिनुभएको छ ।

मन्त्री भुसालले सरकारले बिजुलीका गाहस्र्थ उपभोक्ता र कृषि सिँचाईमा पनि घटाइएको शुल्क लागु गरिने बताउनुभएको छ । आज राजधानीमा आयोजित विद्युतीय सवारी साधन सम्बन्धी एक कार्यक्रममा बोल्दै उहाँले विद्युतीय यातायातलाई सरकारले बढावा दिने उल्लेख गर्नुयो ।

उहाँले आन्तरिक खपतको लागि आवश्यक जलविद्युतको उत्पादन हुन थालेको बताउँदै आगामी दिनमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामाग्रीको प्रयोग बढाउने तयारी सरकारले गरिरहेको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब काठमाडौं उपत्यकाका सरकारी कार्यालय र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको छ ।’

टिप्पणीहरू