घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय घोडचढी महासंघको बेल्जियममा भएको विशेष साधारण सभाले नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
गत कात्तिक २८ देखि हिजोसम्म भएको सभाले नेपाललाई मान्यता दिने निर्णय गरेको हो । संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पछिल्लो छ वर्षदेखि पहल गर्दै आएको थियो ।
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना संघका पदाधिकारीले नेपालको भ्रमण गरेर नेपालमा घोडचढीको सम्भावना र विकासको अवस्थाबारे जानकारी लिएको बताइन्छ ।
त्यतिबेला टोलीले रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीलगायतसँग भेटघाट समेत गरेको थियो ।
टिप्पणीहरू