सार्वजनिक विद्यालय धाउँदै शिक्षामन्त्री पौडेल

सार्वजनिक विद्यालय धाउँदै शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमन थाल्नुभएको छ । मन्त्री पौडेल आज काठमाडौंको जमलस्थित दरबार हाईस्कुल पुग्नुभएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयको अनुगमन शुरु गरेको जानकारी दिनुभयो । सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यमा विशेष ध्यान दिएको मन्त्री पौडेलले बताउनुभयो ।

उहाँले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न शिक्षकहरुलाई समेत आग्रह गर्नुभयो ।

सोही अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउनुभएको थियो । मन्त्री पौडेलले भने सरकारले सार्वजनिक शिक्षाको सुधारको निम्ति आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू