​गुरुको गर्धनमा खुकुरी ताक्दा…

पुस ४ गते पाटन संयुक्त क्याम्पस पाटनढोकाको अंग्रेजी विभागमा सहप्राध्यापक सजग समशेर राणामाथि विद्यार्थी नेता झपिन्द्र खत्रीबाट दुव्र्यवहार भयो । अनेरास्ववियुको केन्द्रीय नेतृत्वका खत्री फेरि एमए समाजशास्त्रमा भर्ना भई पाटनमा राजनीतिक खेतीपाती गर्र्दै छन् । यिनले सविता विश्वकर्मा भन्ने चितवन घर भएकी विद्यार्थीको थेसिसको केसमा २ वर्षअघि अर्का गाइड गुरुलाई पेल्न खोजेका थिए ।

माओवादीबाट क्याम्पस प्रमुख रहेका अमन श्रेष्ठलाई ५ वर्षअघि खुकुरी हान्न खोज्दा एमाले निकट सहायक क्याम्पस प्रमुख बाबुरामसिं थापालगायतल जोगाएका थिए । हालका क्याम्पस प्रमुख प्रजातन्त्रवादी प्राध्यापक संघका प्राडा माधवप्रसाद गौतमले राम्रो काम गर्दागर्दै पनि नेविसंघ र अखिलको दबाब थेग्न नसकी चारवर्षे म्याद सिद्धिनु अगावै पुस २ गते सोमबार अकस्मात् एमालेबाट दिवा समूहका असिस्टेन्ट क्याम्पस चिफ लक्ष्मणसिं कुँवरलाई चार्ज बुझाएर भिसी अफिसमा राजीनामा दिएका छन् । प्रजातन्त्रवादी प्रा. संघकी सहायकप्रमुख मञ्जुश्री श्रेष्ठ पनि छिन् । विद्यार्थीको दादागिरी रोक्न शक्षामन्त्रीले विभिन्न विश्वविद्यालयका पदाधिकारीको इमर्जेन्सी मिटिङ तत्काल बोलाएर एक्सन लिने कि नलिने ? 

– अष्टमान किसी महर्जन, हरिसिद्धि

टिप्पणीहरू