राप्रपामा कमल थापा भर्सेज राजेन्द्र लिङदेनको तयारी

राप्रपामा कमल थापा भर्सेज राजेन्द्र लिङदेनको तयारी

‘पूर्वपञ्च’ हरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यतिबेला नयाँ नेतृत्व चयनको रस्साकस्सीमा छ । राजतन्त्रको पुनर्बहाली र हिन्दुराष्ट्र स्थापनाको एजेण्डा बोकेको राप्रपा हाँक्ने नयाँ नेतृत्व चुनावी प्रतिस्पर्धाबाट टुंगो लाग्ने भएको छ ।

सहमति जुट्न नसक्दा निर्वाचनमार्फत् नेतृत्व छान्ने तयारी गरिरहेको राप्रपामा अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा निश्चित भएको हो । दुबैले आ–आफ्नो टीमसमेत बनाइसकेका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान अघि सरेका छन् । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीको नाम टुङ्गो लागेको बताइएको छ ।

यता, लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने निश्चित भएको छ । महामन्त्रीमा धवलसम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुङ्गो लागेको छ ।

हिजोदेखि शुरु भएको राप्रपाको महाधिवेशनमा नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।

टिप्पणीहरू