आज २ जना बिते, ३ सय बढीमा संक्रमण
आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार आठ सय १० जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय चार जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार तीन सय ५२ जना सक्रिय संक्रमित छन् ।
कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४५ पुगेको छ । हाल काठमाडौंमा पाँच सय ९३ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७१ र ललितपुरमा पाँच सय ५३ जना संक्रमित छन् ।
टिप्पणीहरू