‘नो लालपुर्जा, नो भोट’ भन्दै चितवनमा प्रदर्शन
पूर्वी चितवनका सुकुम्बासीहरू लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्याली र प्रदर्शन गरेको हो ।
र्यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीहरुको सहभागिता रहेको छ । उनीहरुले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका छन् ।
निर्वाचनअघि नै लालपुर्जा नपाए आगामी निर्वाचन नै बहिष्कार गर्ने सुकुम्बासीहरूको योजना छ । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण कार्य अन्योलमा पुगेको उनीहरुले बताएका छन् ।
टिप्पणीहरू