म्याग्देमा अब घरबाटै कर तिर्ने व्यवस्था
तनहुँको म्याग्दे गाउँपालिकाका स्थानीयले अब घरबाटै भूमिकर र सम्पतिकर तिर्न सक्ने भएका छन् । गाउँपालिकाले सूचना र प्रविधिको प्रयोग गर्दै विद्युतीय कर भुक्तानी सेवा सञ्चालन गरेर घरबाटै कर तिर्न सकिने व्यवस्था मिलाएको हो ।
यो व्यवस्थापछि अब सर्वसाधारणले कर तिर्न गाउँपालिकाको केन्द्र छाङ्ग धाउनु पर्दैन । इन्टरनेटको पहुँच भएका स्थानीयले घरबाटै कर तिर्न सक्छन् ।
गाउँपालिकाको करदातामा दर्ता भएका सेवाग्राहीले नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट खल्ती, आइएमई पे, प्रभु पे, कनेक्ट आइपीएसमार्फत कर बुझाउन सक्ने बताइएको छ ।
टिप्पणीहरू