जुम्लामा उज्यालो माग गर्दै काठमाडौंमा प्रदर्शन
जुम्लामा विद्युत आपूर्ति नियामित र व्यवस्थित गर्न दबाब दिँदै काठमाडौंमा जुम्लावासीले जुलुस निकालेका छन् ।
‘राष्ट्रिय प्रसारण लाइनलाई विस्तार र व्यवस्थित गरौं, उज्यालो नेपाल अभियानमा जुम्लाका सवै घरधुरीलाइ समेटौं’ भन्ने मूल नारासहित जुम्लाका स्थानीयले आज काठमाडौंको सडकमा प्रदर्शन गरेका हुन् ।
र्यलीमा जुम्लाका माओवादी सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा भएको प्रदर्शनमा झण्डै डेढ सय जनाको उपस्थिति थियो । प्रदर्शनकारीले हामीलाई नियामित बत्ति कहिले ? ट्रान्सफरमरको व्यवस्था गर, सबै घरमा बत्ति पुर्याइदेउ, २० युनिट सहुलियतभन्दा पहले पोल र तारको व्यवस्था गर, हामीलाई बत्तिको मिटर देउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले र्याली शान्तिवाटिका, रत्नपार्क, रणद्वीप पुल हुँदै विद्युत प्राधिकरणको मुख्य कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
टिप्पणीहरू