बागलुङमा पनि लैंगिक हिंसाविरुद्घ कार्यक्रम
देशभर लैंगिक हिंसाविरुद्घको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसक्रममा बागलुङमा पनि कार्यक्रम गरिएको छ ।
बागलुङ उच्चअदालत बार एसोसिएसनको आयोजनामा लैंगिक हिंसाविरुद्घको कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुको समेत सहभागिता थियो ।
लैंगिक हिंसाविरुद्घको १६ दिने अभियान नेपालमा हरेक वर्ष मंसिर ९ देखि २४ गतेसम्म मनाउने गरिएको छ ।
यो वर्ष पनि नेपालमा ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको थियो ।
टिप्पणीहरू