कर्णालीमा मानवअधिकार उल्लंघनका डरलाग्दा घटना

कर्णालीमा मानवअधिकार उल्लंघनका डरलाग्दा घटना

कर्णाली प्रदेशमा पछिल्लो एक वर्षमा राज्य र अन्यपक्षबाट झन्डै पाँचसय वटा मानवअधिकार उलंघनका घटना भएको छ । विश्व मानवअधिकार दिवस मनाइरहँदा कर्णालीमा भने यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको सम्झनास्वरूप प्रत्येक वर्ष १० डिसेम्बरको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । मानवअधिकार संस्था इन्सेकले राज्यपक्षबाट ५८ जना नागरिक पीडित भएको जनाएको छ भने अन्यपक्षबाट ४ सय २६ वटा घटना भएको बताएको छ ।

उक्त तथ्याङ्कसँगै पछिल्ला केही वर्ष कर्णाली प्रदेशमा मानवअधिकार उलंघनका घटना बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । अन्य पक्षबाट पीडित हुनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ । यसबीचमा ३ सय ३२ महिला विभिन्न कारणबाट पीडित बनेका छन् भने ९४ जना पुरुषहरु पीडित देखिएका छन् ।

राज्य र अन्य गरी दुबै पक्षबाट १० जिल्लामा जम्मा ४ सय ८४ वटा मानवअधिकार उलंघनका घटना भएका छन् । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी राज्यमा पनि मानवअधिकारका घटनाहरु दिन प्रतिदिन बढ्नु दुर्भाग्य रहेको बताउनुभएको छ ।

उहाँले अहिले बालिकामाथि यौन दुव्र्यवहारका घटना बढ्दै गएकोप्रति चिन्ता जनाउँदै पर्याप्त कानुन र कार्यान्वयनको अभावले यस्तो समस्या देखिएको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू