यस्तो साला कसैलाई नपरुन्

यस्तो साला कसैलाई नपरुन्

इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको ज्यान लिएका छन् ।

गिरीकै घरमा बस्दै आएका अर्जुनले हिजो बेलुका साढे ४ बजेतिर छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

टिप्पणीहरू