पुरुषले महिला सहकर्मीलाई यौनप्रस्ताव राखेपछि

पुरुषले महिला सहकर्मीलाई यौनप्रस्ताव राखेपछि

विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत छ जना महिला कर्मचारीले आफूहरुमाथि यौन दुर्ब्यवहार भएको गुनासोसहित कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूहरुमाथि अस्वाभाविक स्पर्श गरिएको,होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिइएको महिला कर्मचारीहरुको आरोप छ ।

‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग विद्युतीय कार निर्माणमा अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,’ एक जनाको उजुरीमा लेखिएको छ ।

क्यालिफोर्नियाको अदालतमा दायर छ वटा फरक उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिला कर्मचारीसँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।

उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत कर्मचारी हुन् । कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुध्द अश्लिल टिप्पणी गरिएको उजुर हाल्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छन् ।

उजुरीबारे टेस्ला कम्पनीका मालिक एलन मस्कको कुनै टिप्पणी आएको छैनन् । टेस्ला पछिल्लो समयमा विद्युतीय कार उत्पादक कम्पनीमध्ये विश्वमै प्रख्यात छ ।

टिप्पणीहरू