महोत्तरीमा बन्नेभयो पोलिटेक्निक इन्स्टियुट
दक्षिण कोरियाले नेपालमा पोलिटेक्निक इन्स्टियुट बनाउन तत्परता देखाएको छ । त्यसका लागि नेपाल सरकार र कोरियाबीच सम्झौता पत्रमा हस्ताक्षेर भएको छ ।
नेपालको निर्माण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा आज अर्थमन्त्रालयका सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले हस्ताक्षर गरेका हुन् ।
अर्थ मन्त्रालयमा भएको हस्ताक्षेर कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगमार्फत् कोरियाले ८.६ मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब तीन करोड नेपाली रुपैयाँ अनुदान दिने जानकारी गराइएको थियो । कोरियाको सो सहयोगले नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग मिल्ने विश्वास लिइएको छ ।
इन्स्टिच्युट महोत्तरीमा स्थापना गर्न तयारी छ । प्रदेश नम्बर २ बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अधिक रहेकाले महोत्तरीमा इन्स्टिच्युट स्थापना गर्न लागिएको हो ।
इष्टिच्युट संचालनमा आएपछि सीप सिकेर वैदेशिक रोजगारीमा जान सहयोग मिल्ने अर्थमन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू