जेलबाट निको पार्न लाँदालाँदै इमर्जेन्सीमै प्राणान्त
राजविराज कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ । पेट दुःखेपछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै सुनसरीको दुहबी ४ का ५८ वर्षीय उद्ध्दवप्रसाद खतिवडाको मृत्यु भएको हो । जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि निजी क्लिनिकमा लगिएको र त्यहीँ बेहोस भएपछि तत्काल गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराइएको बताए ।
उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको हो । हृदयाघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । खतिवडा कागजात कीर्ते गरी ठगीसम्बन्धी मुद्दामा २०७५ साउन १७ देखि पुर्पक्षका लागि कारागारमा थिए ।
टिप्पणीहरू