धर्मको अपमान गर्दा युवकको हत्या

धर्मको अपमान गर्दा युवकको हत्या

भारतको अमृतसरस्थित गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । शीख धर्मको विरोध गरेको आरोपमा एउटा समूहले ती युवकको हत्या गरेको हो ।

साँझ प्रार्थनाको समय रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका ती युवकलाई भक्तजनहरुले लखेटेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युवकले शीखहरुको पवित्र गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरे ।

सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेराको भिडियो फुटेजमा अन्दाजी २५ वर्षका ती व्यक्तिको अस्वभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फाले ।

एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेलगत्तै उनको मृत्यु भएको समाचारमा उल्लेख छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

टिप्पणीहरू