कोरोनाबाट आज एक जनाको मृत्यु, झण्डै दुई सय संक्रमित
कोरोना संक्रमणबाट आज एक जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोराना संक्रमणबाट एक जनाको मृत्यु भएको जानकारी दिएको हो।
त्यस्तै, सो अवधिमा एक सय ८१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार नौ हजार आठ सय ७२ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
गत २४ घण्टे अवधिमा दुई सय ८९ जना संक्रमणमुक्त भएका छन् भने मुलुकभर अझै पाँच हजार दुई सय ७१ जना सक्रिय संक्रमित छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ ।
कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७३ पुगेको छ । पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय २ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९१ र ललितपुरमा पाँच सय ८७ जना संक्रमित छन् ।
टिप्पणीहरू