यी हुन् कांग्रेसका सम्भावित ३५ केन्द्रीय सदस्य : चर्चित डनदेखि पत्रकारसम्म
नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पदाधिकारीतर्फको नतिजा आएगत्तै हिजोदेखि शुरु भएको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म २ हजार ९ सय ९३ मत गनिएको छ । जसमध्ये निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले सर्वाधिक मत ल्याएका छन् । उनले २ हजार २ सय ८ मत पाएका छन् । त्यस्तै, दोस्रो नम्बरमा सुदूरपश्चिमका एनपी साउद छन् । उनले १७ सय १६ मत पाएका छन् । गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण १८ सय ५१ मत ल्याउँदै तेस्रो नम्बरमा रहेका छन् ।
चौंथो स्थानमा रहेका उदयशमशेर राणाले १८ सय ८ मत प्राप्त गर्दा उनीपछि सुदूरपश्चिमका रमेश लेखकले १७ सय ८२ मत पाएका छन् । त्यस्तै, शंकर भण्डारी र रामहरी खतिवडाले समान १७ सय ७० भोट ल्याएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले १७ सय ६४ मत ल्याएका छन् । कार्कीपछि नुवाकोटका अर्जुन नरसिंह केसी छन्। उनले १७ सय १० मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा खुलातर्फ निर्वाचित हुने ३५ केन्द्रीय सदस्यकालागि ९९ जनाले उम्मेद्वारी दिएका छन् । सम्भावित ३५ मा काभ्रेका डन गणेश लामा पनि समेटिएका छन् । उनी अहिलेसम्म ११ सय ३४ मतसहित ३२ औँ स्थानमा छन् ।
त्यस्तै ५० वर्षसम्म नेविसंघको अध्यक्ष बनेर चर्चामा रहेका नैनसिंह महर र पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पदच्युत गराउने साहसी पत्रकार भनेर भोट मागेका पत्रकार अजयबाबु सिवाकोटी पनि ३५ भित्र अटाएका छन् । महर १३ औँ स्थानमा छन् भने सिवाकोटी ३० औं नम्बरमा छन।
३५ जनामा कसको मत कति ?
१) डा.शशांक कोइराला – २४४२
२) एनपी साउद – १८९६
३) बालकृष्ण खाँण – १८५१
४) रमेश लेखक – १७८२
५) उदय शमशेर राणा – १८०८
६) शंकर भण्डारी – १७७०
७) ज्ञानेन्द्रबहादुर कार्की – १७६४
८) रामहरि खतिवडा – १७७०
९) अर्जुननरसिंह केसी – १७१०
१०) गोपालमान श्रेष्ठ –१६४६
११) जिप छिरिङ्ग लामा – १६५४
१२) जीतजङ्ग बस्नेत – १५९६
१३) नैनसिंह महर – १५७१
१४) डा.रामशरण महत – १५७७
१५) गोविन्द भट्टराई – १५४२
१६)सुनिलबहादुर थापा – १५६६
१७) बल बहादुर केसी – १५३८
१८) दिलेन्द्र प्रसाद बडू – १५४८
१९) मोहनबहादुर बस्नेत – १५२४
२०) दीपक गिरी – १४४८
२१) सुरेन्द्रराज पाण्डे–१४१०
२२) कुन्दनराज काफ्ले – १४३६
२३) पद्मनारायण चौधरी – १३७७
२४) गुरु बराल – १२३४
२५) सञ्जयकुमार गौतम – १२१९
२६) गोविन्द राज पोखरेल – ११९१
२७) गोपाल दहित – ९३१
२८) राजीव ढुंगाना – ११७८
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी – ११३३
३१. ई. मोहन आचार्य – ११२६
३२. गणेश लामा – ११२४
३३. उमेशजंग रायमाझी – १११९
३४. गोपाल दहित – १११८
३५. कृष्णकिशोर घिमिरे – ११००
टिप्पणीहरू