माधव गएको ठाउँमा आफू नजाने यो कस्तो प्रवृत्ति ? : प्रचण्ड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेमा शेरबहादुर देउवालाई एकलौटी सरकार चलाउन दिने अफर गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताउनुभएको छ । आज समाजवादी प्रेस संगठनले आयोजना गरेको प्रतिगमनविरुद्ध कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताउनुभएको हो ।
प्रचण्डले ओलीमाथि व्यङ्ग्य गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भएको कार्यक्रममा उपस्थित नहुने ओलीको कस्तो प्रवृत्ति ? भन्दै प्रश्न समेत गर्नुभएको छ । उहाँले थप्दै भन्नुभयो ‘धन्न कसो भएछ र काँग्रेस महाधिवेशनमा जानुभएछ ।’
प्रचण्डले ओली अझै पनि प्रतिगमनको बाटोमा हिँडिरहेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री देउवाले गठबन्धन नछाड्ने समेत उल्लेख गर्नुभएको छ ।
टिप्पणीहरू