ओलीको अधिनायकवादी सोचलाई परास्त गरेको सञ्चारमन्त्रीको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धन सरकारले संविधानको रक्षा गरेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले वर्तमान गठबन्धन सरकारले संविधानको रक्षा गरेको बताउनुभएको हो ।
राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउन खोज्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो ।
वर्तमान सरकार विधिको शासन,दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘पाँच दलको गठबन्धनले देशमा अहिले मुलुकको राजनीतिलाई एउटा ट्रयाकमा ल्याएको छ । राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटोतर्फ उन्मुख गराउने ओलीको जुन प्रयत्न थियो, त्यो प्रयत्न विफल भएको छ । अहिले मुलुकमा संविधानको रक्षा भएको छ ।’
टिप्पणीहरू