सरकारी गाडीभित्र निजी खसी
सरकारी सवारी साधनको प्रयोगभन्दा बढी दुरुपयोग भएका समाचार बेलाबखत बाहिरिने गरेको छ । सरकारी नम्बर प्लेटका सवारी साधनमा डेटिङ जानेदेखि मठमन्दिर धाउनेसम्मका काम हुने गरेका छन् ।
पछिल्लो पटक राजधानीमा दुई दिनको लगातारको बिदा मनाउने सन्दर्भमा सरकारी गाडीको दुरुपयोग भएको हो । शनिबारको नियमित बिदासँगै आइतबार राजधानी उपत्यकामा योमरी पुन्हेको सार्वजनिक बिदा दिएपछि सरकारी कर्मचारीले दुई दिनको बिदा मनाउने मेसोमा सरकारी साधनको (दुरु) प्रयोग गरेका हुन् ।
सोही क्रममा भक्तपुरको लोकन्थलीमा सरकारी सवारी साधनभित्र खसी हालेर हुईंकाइएको थियो । जीपको पछाडि राखिएको खसीले आफू चढेको गाडीभन्दा पछाडि गुड्दै गरेका सवारी साधनलाई नियालेको देखिन्थ्यो ।
कार्यालय नखुलेको उक्त सवारी साधनको नम्बर प्लेटमा बीएए ७५८८ लेखिएको थियो । टोयोटाको ल्याण्डक्रुजर उक्त गाडी बिदाकै दिन भए पनि कार्यालय प्रयोजनमा दौडाइएको कुनै पनि कोणबाट देखिँदैन ।
टिप्पणीहरू