एमाले अध्यक्ष किन ड्रिमल्याण्ड रिसोर्टमा बस्नुभयो ?

एमाले अध्यक्ष किन ड्रिमल्याण्ड रिसोर्टमा बस्नुभयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन हजारभन्दा बढीलाई आफ्नो पार्टीमा प्रवेश गराउने भन्दै आज कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानुभएको छ ।

हिजै साँझ भैरहवा वास बस्नुभएका ओलीले आज कपिलवस्तुको बहादुरगञ्जमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटब्यूरो सदस्य लीला गिरीका अनुसार ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्नु हुनेछ । कपिलवस्तुका मंगलप्रसाद गुप्ताको नेतृत्वमा तीन हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीको दाबी छ ।

अध्यक्ष ओली गए राति रुपन्देहीको मणिग्रामस्थित गोपाल रानाको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बास बस्नु भएको हो ।

टिप्पणीहरू