काठमाडौं मेडिकल कलेजलमा ताला झुण्डाइयो

काठमाडौं मेडिकल कलेजलमा ताला झुण्डाइयो

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को प्रशासन कार्यालयमा विद्यार्थीहरुले ताला लगाइदिएका छन् । सरकारले तोकेकोभन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले केएमसीमा ताला लगाएका हुन् ।

कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत गरेका छन् ।

पटक पटक यस विषयमा छलफल गर्दा पनि प्रशासनले चासो नदेखाएको उनीहरुको ठहर छ । अतिरिक्त शुल्क लिन पाईंदैन भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । उनीहरु मेडिकल माफिया मुर्दावाद सडकमा ओर्लिएका छन् ।

टिप्पणीहरू