कर्णालीबाट ८८ जना माओवादी प्रतिनिधि छानिए

कर्णालीबाट ८८ जना माओवादी प्रतिनिधि छानिए

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ ।

पुस ११ गतेदेखि काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुने निक्र्यौल भएको छ ।

पार्टीको सर्कुलरअनुसार १५ सय सदस्य बराबर एक जना प्रतिनिधि र संघीय संसदीय निर्वाचन क्षेत्रबाट दुई जनाको दरले प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पाबाट तीन जना प्रतिनिधि छनोट भएका छन् ।

अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११–११ जना, सुर्खेत र जाजारकोटबाट १०–१० जना छनोट भएका छन् ।

मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात–सात जना जना प्रतिनिधि छनोट भएका छन् ।

टिप्पणीहरू