कांग्रेस एक नम्बरमा आउने शर्माको दाबी
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो दलको रुपमा स्थापित हुने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो दल हुने ठोकुवा गरेका हुन् ।
महामन्त्री शर्माले पार्टीको १४ औं महाधिवेशनमा देखिएको जनमतको कदर गर्दै आफू र पार्टीका नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । अहिलेका युवाहरुको पार्टीप्रति देखिएको आशालाई विश्वासमा रुपान्तरण गर्ने उनको भनाइ छ ।
नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उनले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पारेका थिए ।
टिप्पणीहरू