प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौं बाहिर गएकाले बैठक स्थगित गरेको बताएका छन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवालगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश राणाले आज दिउँसो ३ बजे बैठक डाक्नुभएको थियो ।

टिप्पणीहरू