हेटौंडामा पनि एमालेको अवरोध

हेटौंडामा पनि एमालेको अवरोध

बागमती प्रदेशसभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । आजको बैठक एमाले सांसदहरुको अवरोधका कारण स्थगित भएको हो ।

एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै पूर्वमुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाउनुभएको छ ।

साथै उहाँले अघिल्लो सरकारले ल्याएका महत्वपूर्ण योजनाहरु कटौती गरेकोमा पनि सरकारको आलोचना गर्नुभएको छ ।

टिप्पणीहरू