माओवादीको मतदान रात परेपछि

माओवादीको मतदान रात परेपछि

नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि आज साँझ ७ बजे मतदान हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि मतदान हुन लागेको हो ।

यस्तै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ । बिराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २ सय ५९ जनाले मतदान गदैछन् ।

९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी देखिएका छन् ।

टिप्पणीहरू