बैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने प्रमुख निर्वाचन आयुक्तको खुलासा

बैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने प्रमुख निर्वाचन आयुक्तको खुलासा

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी बैशाख २० गते गर्ने तयारीमा आयोग जुटेको खुलासा गर्नुभएको छ ।

आयोगले धुलिखेलमा हिजो गरेको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै थपलियाले उक्त जानकारी दिनुभएको हो । उहाँले हालका जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुन लागेकाले २०७९ वैशाख २० गते ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आगोग जुटिरहेको उल्लेख गर्नुभयो ।

स्थानीय सरकार रिक्त रहने विषय र सम्भावनाको कल्पना समेत गर्न नसकिने भन्दै उहाँले उल्लेख गर्नुभयो, ‘उहाँहरुको अवधि थप गर्ने व्यवस्था नभएको कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन हुन्छ ।’

टिप्पणीहरू