जान्नेले बेलैमा जुक्ति निकाले,अरु हेरेको हेर्यै

जान्नेले बेलैमा जुक्ति निकाले,अरु हेरेको हेर्यै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा स्थगन गरेको छ । अस्ति मंगलबारदेखि लागू हुने गरी अन्तर स्थानीय तह सरुवा हालका लागि स्थगन गरेको जनाइएको छ ।

मन्त्रालयका शाखा अधिकृत रविन्द्र प्रसाद पौडेलको हस्ताक्षरित पत्रमा भनिएको छ-६ पुसको मन्त्रिस्तरीय निर्णयअनुसार अर्काे व्यवस्था नभएसम्मका लागि स्थानीय तहका कर्मचारीहरुको अन्तर स्थानीय तह सरुवा स्थगन गरिएको छ ।

सामान्यले गत मंसिर २१ गते एकै पटक १६१३ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवा गरेको थियो । लोकसेवा आयोगबाट स्थायी नियुक्ति पाई स्थानीय तहमा समायोजन भएका कर्मचारीबाट अनलाइन आवेदन माग गरिएको ८ महिनापछि सरुवा गरिएको हो । दुई साताअघि छुटपुट भएका २३२ को हकमा मन्त्रिस्तरीय निर्णय गर्दै अस्ति मंगलबार अर्काे लट सरुवा गरिएको थियो । सामान्य प्रशासनले दुई लटमा गरी १८४५ जना कर्मचारीको सरुवा टुंग्याएपछि अर्काे निर्णय नभएसम्मका लागि स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू